एमसीसी खारेज गर्न र भारतसँग गुमाको भूभाग फिर्ता गर्न प्रतिबद्धता गरे माओवादी पुनः एक हुने आधार तयार हुन्छ: सीपी गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले पुराना माओवादीहरू एक हुनुपर्ने बताएका छन् । एमसीसी खारेज गर्न र भारतसँग गुमाको भूभाग फिर्ता गर्न प्रतिबद्धता गरे माओवादी पुनः एक हुने आधार तयार हुने गजुरेलले बताउनु भयो।

 

 

गजुरेलले माओवादीहरू एक हुने भए केही आधारहरू तयार पार्नुपर्ने बताए । त्यो नेकपा (माओवादी केन्द्र)को महाधिवेशनबाट पारित हुनुपर्ने उनको भनाइ छ ।

 

 

आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले जनयुद्ध सुरु गर्नुपूर्व गरिएको प्रतिबद्धता पुनः स्मरण गर्नुपर्ने माग गरे ।

 

 

 

यस्तै, जनयुद्धको लक्ष्य अपुरो भएको भन्दै नेपाललाई जनगणतन्त्र बनाउन अघि बढ्ने कार्यक्रम महाधिवेशनले पारित गर्नुपर्नेमा उनले जोड दिए ।

 

 

उनले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने र भारतसँग गुमाएका भूभागहरू नक्सामा हासिल गरिएको भन्दै वास्तविक हासिल गर्न प्रतिबद्धता जाहेर हुनुपर्ने माग पनि गरे ।

 

यो भयो भने पार्टी एकता हुने ढोका खुल्छ, महाधिवेशनले ढोका खोलोस्,उनले भने ।