प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफुले गरेका ३ गल्ती औंल्याए

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा ३ वटा गल्ती गरेको उल्लेख गरेका छन्।

 

 

सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आफ्नो आत्मसमीक्षा गरेका छन् ।

 

 

पहिलाे- पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन् ।

 

 

दाेस्राे-  सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती भनेका छन् । सेना समायोजनका बेला पर्सनल बिजनेस डिलजस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन् ।

 

 

 तेस्राे- प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्ती भनेका छन् । ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपथ्र्यो, विचार थियो भने यसलाई स्थगित गर्नेबारे छलफल गर्नुपथ्र्यो’ उनले भनेका छन् । उनले यसको अर्थ प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि प्रष्टीकरण दिएका छन् ।