ईक्यान चितवनको अध्यक्षमा समुन्द्र अर्यालको उम्मेदवारी घोषणा
चितवन । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको अध्यक्षमा समुन्द्र अर्यालको प्यानलले उम्मेदवारी घोषणा गरेको छ।
उक्त प्यानलमा उपाध्यक्ष दिपकचन्द्र भट्टराई, सचिव किशोर सुवेदी , कोषाध्यक्ष प्रज्जवल पौडेल र सदस्यहरुमा सुजन थापा, शिशिर रेग्मी , कृष्ण सापकोटालगायतका आफ्नो टिममा रहेको अध्यक्ष समुन्द्र अर्यालले हाम्रो अनलाइनलाई जानकारी दिए। ईक्यान चितवनको अधिवेशन सौराहाको क्राउन प्लाजामा हुदैछ।
अध्यक्षका उम्मेदवार समुन्द्र अर्याल २०६३ सालदेखि शैक्षिक परामर्श क्षेत्रमा आबद्ध हुनुहुन्छ। २०६५ देखि २०७१ सालसम्म अष्ट्रेलिया अध्ययन गरेर फर्किनु भएका अर्याल एक अनुभवी युवा भएको जानकारहरु बताउँदछन्।
धावन रिक्रियशनका संचालक समेत रहेका अर्याल ब्राईटन करियर कन्सल्टेन्ट प्रा.लि. का प्रबन्ध निर्देशक हुन्। यसको चितवन लायन्स चोकमा मुख्य कार्यालय र गोर्खा तथा काठमाडौंमा शाखा कार्यालयहरु छन्।
उनले २०७६-०७८ को ईक्यान चितवनको उपाध्यक्ष रहेर जिम्मेवारी निभाईसकेका छन्। सरल, मिहिनेती एवम् मेधावी युवा अर्यालले ईक्यान चितवनको अध्यक्षमा उम्मेदवारी दिनुलाई शैक्षिक परामर्श क्षेत्रका युवा व्यवसायीहरुले अर्थपूर्ण रुपमा हेरेका छन्।