अख्तियारद्वारा १४ लाख हिनामिना गरेको आरोपमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको सम्पत्ति हिनामिना गरेको भन्दै जूनतारा सामुदायिक वन उपभोक्ता समिति, इलामका अध्यक्ष राजेन्द्र थेबेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अन्य पदाधिकारीलाई थाहा नै नदिई सामुदायिक वनको रकम हिनामिना गरेको भन्दै थेबेविरुद्ध अख्तियारले १३ लाख ९७ हजार ७ सय ७७ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गराएको हो ।
अख्तियारले शुक्रवार विशेष अदालतमा दर्ता गराएको मुद्दाअनुसार जूनतारा सामुदायिक वन उपभोक्ता समिति, इलामका अध्यक्ष राजेन्द्र थेबेले अन्य पदाधिकारीलाई थाहा नै नदिई र कोषाध्यक्षको नक्कली हस्ताक्षर गरी चेकबाट रकम निकालेर उपभोक्ता समितिको रकम हिनामिना गरेका थिए ।राजधानी दैनिकबाट,