राष्ट्रघाती एमसीसी खारेज हुनैपर्छ, प्रचण्ड नायक होइनन् खलनायक हुन: अध्यक्ष हरिकृष्ण गजुरेल
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा एक टेलिभिजनमा अन्तरवार्ता दिदै उनले भनेका छन्,एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा अतालिएर यस्ता कुरा गरेको बताएका छन्।
हामी कुनै पनि हालतमा राष्ट्रघाती एमसीसी पास गर्न दिदै नौ, शेरबहादुर देउवाहरूले ११ अर्ब रूपौयाँ खर्च गरि सकेका छन् ,त्यसैले अहिले अतालिएर अरूलाइ पढ्न सिकाइ रहेका छन्।तर देउवाले अमेरिकी सामराज्यवादसँग बाचा कसम गरेर जसरी पनि एमसीसी पास गर्छौं भनेर लागि रहेका छन्। हामी कुनै पनि हालतमा राष्ट्रघाती एमसीसी पास गर्न दिनौं जनताले भनेका छन्, एक छाक भोकै बस्छौ तर एमसीसी पास गर्नु हुदैन्।
एमसीसीको बारेमा मरिहत्य गरि रहनु पर्ने आवश्यक छैन एनसेलसँग कर उठाउन नसक्ने अनि अरूसँग ५० अर्बको लागि आफ्नो देशको अस्तित्व सिध्याउन हामी कुनै हालतमा दिदै नै आन्दोलनको अधिबेरी सृजना अझै गर्छौ गजुरेलले भनेका छन्।
अहिलेका शिक्षा मन्त्री देवेन्द्र पौडेललाइ नैतिक्ताको आधारमा एक मिनेट पनि मन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन गजुरेलले भनेका छन्। उनिहरूकै नेतृत्वमा पहिले निजी शैक्षिक संस्थाहरूको विरूद्ध आन्दोलन गरेको होइन त्यसैले नैतिकता भए शिक्षा मन्त्रीले राजीनामा गर्न म चुनौति दिन चाहान्छु अध्यक्ष गजुरेलले भनेका छन्।
त्यस्तै शिक्षा क्षेत्रका माफिया र दलाहरूका शिक्षा मन्त्री हुन भन्ने कुरा स्पष्ट भएको उनले बताएका छन्। त्यसैले अब फेरि एकपटक क्रान्तिको आश्यकता रहेको पनि उनले बताएका छन्।
त्यस्तै उनले भनेका छन्, स्वास्थ्य र शिक्षा क्षेत्रमा म अध्यक्ष भए देखिनै माफियाहरूको विरूद्ध आन्दोलन गरि रहेको उनले बताएका छन्। विद्यार्थीले पाउने हरेक किसिमका अधिकारको निम्ति हाम्रो संगठन लड्न तयार रहेको उनले बताएका छन्।
त्यस्तै त्रिभुवन विश्व विद्यालयको सेवा आयोगको बेथितिविरूद्धमा २९ दिनसम्म आफ्नो नेतृत्वमा दिन रात नभनि धर्ना बसेकाे र ४५ दिनसम्म आन्दोलन गरेको बताएका छन्।
त्यस्तै शिक्षा र स्वास्थ्य पूर्णरूपमा निशुल्क हुँदैन त्यतिवेलासम्म हाम्रो आन्दोलन जारी रहने उनले बताएका छन्। अझै आन्दोलनको अधिवेरी ल्याउने उनले बताएका छन्।
उनले भने जो शिक्षा र स्वास्थ्य क्षेत्रको माफिया हुन्छ त्यही अहिले मन्त्री बनेको हाम्रो देशमा देख्न पाहिन्छ त्यसैले अब एक पटक क्रान्तिको आधिवेरी ल्यउनु आवश्यक रहेको उनले बताएका छन्।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूले अब एकपटक देशमा रहेका माफिया,दलाल र तस्करहरूलाइ ठेगान लगाउन जुरमुराउनु पर्ने आवश्यकता भएकोले सबैलाइ संघर्षमा आउन आग्रह गर्दछु।
अहिलेको मक्किएको संसदीय व्यवस्थालाइ फालेर संघीय जनगणतन्त्र स्थापना गर्दै जनताको अधिकार स्थापना गर्न सबैको आवश्यकता रहेको उनले बताएका छन्।
त्यस्तै भ्रष्टचारी,दलाली र माफियाहरूको विरुद्धमा अखिल क्रान्तिकारी सधै अगाडि रहने उनले अन्तरवार्ताको क्रममा बताएका छन्।