नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क बढी मागेको विरोधमा विद्यार्थीले गरे चक्काजाम

काठमाडौं । एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबिबिएस अध्ययनरत विद्यार्थीले नोबेल मेडिकल कलेजविद्ध विराद्टनगरमा चक्काजाम गरेका छन्।

 

 

 

 

विद्यार्थीले कोसी राजमार्गको कञ्चनबारी चोकमा चक्काजाम गरेका हुन् । विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो ।

 

 

विद्यार्थीहरुले अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन्।