संसदीय ब्यवस्था दलाल पूँजीपतिहरूको ब्यवस्था हो,यस विरुद्ध पत्रकारहरुले सशक्त कलम चलाउनु पर्छ: महासचिव मोहन वैद्य

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले आजदेखि सात दिनसम्म नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिममा बाेल्दै  क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)ले संसवादी दलहरुले समाजवाद भन्ने पनि पूँजीवाद लागू गर्ने गरेको आरोप लगाउनु भएको छ।

 

 

 

अखिल (क्रान्तिकारी)ले आजदेखि सुरु गरेको पत्रकारिता तथा उदघोषण तालिमको उद्घाटन गर्दै वैद्यले सबै दलहरुले दलाल पूँजीपतिहरुलाई पोस्ने काम गरेको आरोप लगाउनु भयो ।

 

 

 

 

संसदीय ब्यवस्था भनेकै दलाल पूँजीपतिहरुको ब्यवस्था भएकाले यसका विरुद्ध पत्रकारहरुले सशक्त कलम चलाउनुपर्नेमा जोड समेत दिनुभयो ।

 

 

  वैद्यले भन्नु भयो हामीले अहिले पत्रकारीताको तालिम लिनपाउनु पनि एउटा शौंभाग्यको विषय हो।त्यस्तै जनपक्षिय पत्रकारीताकको माध्यमबाट सर्वाहारा जनतालाइ सुचना दिनको निम्ति हाम्रो महत्वपूर्ण भूमिका रहने पनि बताउनु भयो। 

 

 

 

वैद्यले कार्लमार्क्स पनि पत्रकार भएको बताउर्दै पत्रकारिता एउटा सशक्त आन्दोलन भएको बताउर्नुभयो । आजको युग सूचना साम्राज्यको युग तथा सूचना क्रान्तिको युग भन्दै उनले पत्रकारिता महत्वपूर्ण भएको चर्चा समेत गर्नुभयो। 

 

 

त्यस्तै गजुरेलले विद्यार्थीहरूको हरेक आन्दोलनले देशको मुहार फेरेकोले अब पनि विद्यार्थीहरूले नै देशको मुहार फेर्ने बेला आएको बताउनु भयो। 

 

 

देशको इतिहासको कालखण्डमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो भने स्वास्थ्य र शिक्षामा अहिले माफियाको हालिमुहालि रहेको बताउनुभयो।  

 

 

 

 आधारभुत पत्रकारिता तालिम सात दिनसम्म संञ्चालन गरिने र त्यसले निम्न वर्गका जनताहरूको पहुँचलाइ जोडन यो तालिमले केही सहयोग पुग्ने बताउनु भयो ।

 

 

त्यस्तै कार्यक्रमकाे अध्यक्षता अखिल (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष तथा ३ नं. प्रदेश संहयाेजक शिलु न्याैपानेले गर्नु भएकाे थियाे भने कार्यक्रकाे संञ्चालन केन्द्रिय सदस्य शाेभा सेन्चुरीले गर्नुभएकाे थियाे।