आन्तरिक हवाई उडान,होटल र सिनेमा हल छिर्दा अब खोप कार्ड अनिवार्य

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।

 

आइतबार बसेको कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

 

त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

 

 

नेपालमा कोरोना संक्रमण पुन: बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो ।

 

 

होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य

 कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

 

आइतबार बसेको कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

 

 

उनका अनुसार सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड मोबाइलमा फोटो भए पनि हुने साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।