राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । आउँदो माघ १२ गते हुने उक्त निर्वाचनका लागि आचारसंहिता लागु गरिएको हो ।

 

 

 

मिति २०७८र१०र१२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि यस आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७२ भोलि मिति २०७८/०९र२६ गतेदेखि देहायबमोजिमका व्यक्ति, निकाय तथा अधिकारीलाई लागु गरिएको छ, निर्वाचन आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, आचारसंहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचारसंहिताको पूर्ण रूपमा पालना गर्नरगराउन आयोग सम्पूर्ण सरोकारवालाहरूमा निर्देश गर्दछ ।

 

 

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबारै उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । उमेदवारहरूलाई निर्वाचन चिह्न पनि दिइएको थियो।

 

विज्ञप्ति पढ्नुस्-