नेपाल थप २,४४४ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति संक्रमित

काठमाडौं। नेपाल थप २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ ।

 

 

यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ भने ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।

 

 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् । ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत्  रहेकाे मन्त्रालयले जनाएकाे छ।  

 

कुन जिल्लामा कति संक्रमित

 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९८०, ललितपुरमा २२१, कास्कीमा ८७, भक्तपुरमा ८५, मोरङमा ६२ र रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ।

 

 

 

यस्तै चितवनमा ४७, काभ्रेपलाञ्चोकमा ४०, कञ्‍चनपुरमा ३८, कैलालीमा ३०, झापामा २६, मकवानपुरमा २४, पर्सामा २२, सुनसरीमा २१, धनुषामा १९, दाङमा १७, गोरखा बागलुङ र बाँकेमा १४र१४ जना, धादिङमा ११ तथा सर्लाही र नवलपरासी पश्‍चिममा १०र१० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।