ललितपुर प्रशासनले भन्यो घरबाहिर र सार्वजनिक स्थलमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्नु

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजरमा राख्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

 

 

प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागी घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको हो ।

 

 

प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।