अखिल (क्रान्तिकारी)को त्रिचन्द्र क्याम्पसमा न्यौपानेको नेतृत्वमा इकाई समिति गठन
का ठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी) त्रिचन्द्र बहुमुखी क्याम्पसमा आज परेकराज न्यौपानेको अध्यक्षतामा इकाई समिति गठन गरिएको छ।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष तथा ३ नम्वर प्रर्देश संयोक शीलु न्यौपानेको प्रमुख उपस्थित रहेको थियो।
उहाँले नव गठित इकाई समितिका विद्यार्थी नेताहरुलाई सपथ ग्रहण गराई त्रिचन्द्रको प्रगिक वातावरण निर्माण गर्न अखिल (क्रान्तिकारी)को नवगठित कमिटीलाई उहाँले शुभकामना दिनु भएको थियोे ।
भेलाबाट अध्यक्षमा परेकराज न्यौपाने, उपाध्यक्षमा सुस्मिता चापागाईं , जनक जोसी, पुष्पा न्यौपाने, सचिवमा अनुसा चौधरी, सहसचिवमा प्रवेश निरौला, आकृति बुढाथोकी , कोषाध्यक्षमा जयराम तिमल्सिना अन्य सदस्यहरू रहनु भएको छ।