काठमाडौँ उपत्यकामा २६०७ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति ?

काठमाडौँ।काठमाडौँ उपत्यकामा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएका छन्।

 

 

 

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कराण तीन जनाको मृत्यु भएको छ।

 

हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन्।