छेडागाड नगरपालिकाका वडाध्यक्षलाई कालोमोसो लगाउनु अमर्यादित र अराजनितिक हमला: नगर प्रमुख महतारा
काठमाडौं। जाजरकोटको छेडागाडा नगरपालिका वडा नं ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो लगाउनु अमर्यादित र अराजनितिक हमला भएको नगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ।
नेपालको राजनितिक परिवर्तनबाट पुन संरचित स्थानीयतहको प्रथम निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिसँग केही असन्तुष्टि भएपनि छलफलबाट निकास निकाल्नुको सटा त्यस्तो अव्यवारिक हर्कत गर्नु गैर राजनितिक भएको नगरपालिकाले जनाएको छ।
त्यस्तै अबदेखि यस्ता हर्कत तत्काल बन्द गर्न र दोषी माथी कारबाही गर्न नगर प्रमुख लाल बहादुर महताराले विज्ञप्ति मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ।
नेत्रविक्रम चन्द (विप्लव), निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले वडाअध्यक्ष केसीलाई कालोमासोसहित जुत्ताको माला लगाएको थियाे।
विज्ञप्ति-