काठमाडौँ उपत्यकामा थप ५,२९९ जनामा कोरोना संक्रमण, कुन जिल्ला कति ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार २७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना संक्रमित थपिएका हुन्।

 

 

यस्तै गत २४ घण्टामा देशभर १० हजार ७०३ जना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ।

 

 

यस्तै आज ७६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ६५ हजार ३७४ जना सक्रिय संक्रमित रहेका छन्।

 

 

पछिल्लो २४ घण्टामा १८ हजार ६१८ पीसीआर तथा ४ हजार ४७४ एन्टिजेन परीक्षण भएको छ।