नेपालको जनसंख्या २ करोड ९१ लाख, महिलाको जनसंख्या ८ लाखले बढी

काठमाडौं। नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गरेका हुन। 

 

 

 

जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या सात लाख ९० हजारले बढी रहेको जनाएको छ । तथ्याङक अनुसार हाल महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको विभागले जनाएको छ । त्यसै गरी विदेशमा रहेका नेपालीको तथ्याङक २१ लाख ६९ हजार ४७८ छ।

 

 

 

२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर छ।