सांसद र निर्वाचन अधिकृतबीच हात हालाहाल
काठमाडौं। राष्ट्रियसभा चुनावका क्रममा बागमति प्रदेशमा हात हालहाल भएको छ।माओवादी केन्द्रकी सांसद हिमाली गोलेले मतदान गरेको फोटो खिचेपछि मतदान स्थलमा हात हालहालको स्थिति बनेको हो।
प्रदेश सांसद गोलेले आफूले मतदान गरेको फोटो खिचेपछि निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले त्यसरी फोटो नलिन आग्रह गरेका थिए।
उनले मतदानको फोटो खिच्नु सांसदले नै बनाएको कानुन विपरीत हुने भन्दै सम्झाइ रहेका बेला माओवादीकै अर्का सांसद राजकाजी श्रेष्ठ अधिकृत श्रेष्ठमाथि हातपात गरेका हुन्।उनले सांसदलाई कानुन सिकाउने को हो भन्दै हातपात गरेको प्रत्यक्षदर्शीले जानकारी दिए।
मतदानस्थलमा केहीबेर असहज स्थिति पैदा भए पनि त्यसपछि भने सहज रुपमा मतदान भइरहेको छ। बुधबार सातै प्रदेशमा १९ सिट राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको छ।