कोरोना विरुद्धको खोप लगाउन छुटेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई यी अस्पतालबाट खोप दिइँदै
काठमाडौं ।कोरोना विरूद्धको खोप लगाउन छुटेका १२ देखी वर्षसम्म बालबालिकालाई आजदेखि काठमाडौंका यी दुईवटा अस्पतालबाट खोप दिइँदै छ।
वीरेन्द्र सैनिक अस्पताल छाउनी र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिन लागिएको हो।
खोप लिन आउनेको संख्या हेरेर अबका केही दिनसम्म ती अस्पतालबाट खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानएको छ।
काठमाडौंबाट हालसम्म यो उमेर समूहका दुई लाख ८१ हजारजनाले फाइजर खोप लिइसकेका स्वास्थ्य कार्यलयले जनाएको छ।