पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय चुनावको मिति तत्काल तोक्न सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

काठमाडौं।सुर्खेतकाे मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीले ,टर्च लिएर सरकार खाेज्न उठाैं, सरकार कहाँ हरायाे भन्दै आन्दोलन गरेका छन्।

 

 

 

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्यापस कमिटीले आयोजना गरेकाे उक्त कार्यक्रममा अनेरास्ववियुका सचिवालय सदस्य तथा विश्वविद्यालय केन्द्रीय क्याम्पसका इन्चार्ज सत्य शाहीकाे नेतृत्वमा कार्यक्रम भएकाे थियाे।

 

 

 

गठबन्धन सरकारले अहिले पेट्रोलियम पदार्थलगायतको मूल्य वृद्धि गरेर जनताकाे ढाड सेक्ने काम गरेकाे र तत्काल मूल्य वृद्धि फिर्ता नलिए अझै कडा आन्दाेलन गर्ने शाही बताए।

 

 

 

त्यस्तै गठबन्धन सरकारले विभिन्न वाहाना गर्दै स्थानिय चुनाव सार्न खाेज्दै छ।  संविधान अनुसार दुइ महिना अगाडी चुनाव गरि सक्नु पर्ने हुन्छ, सरकार चुनावमा जान डराएर आलटाल गर्दैछ त्यसैले याे दबाब सृजना गर्नकाे लागि हामीले आन्दोलन गरेको अनेरास्ववियु सचिवालय सदस्य तथा विश्वविद्यालय केन्द्रीय क्याम्पसका इन्चार्ज सत्य शाहीले बताए ।

 

 

उनले भने, तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनु पर्ने र स्थानिय चुनावको मिति तोक्नु पर्छ हाेइन भने हामी थप  आन्दाेलनका कार्यक्रमहरू घाेषणा गर्ने बताए।

 

 

त्यस्तै कार्यक्रममा सहभागी विद्यार्थी नेताहरूमा विश्वविद्यालय केन्द्रीय क्याम्पसका ईन्चार्ज सत्य शाही, प्रेम खड्का ,पदम सुवर्णकार ,सरोज न्यौपाने आशिष् आचार्य लगाएतकाकाे उपस्थिति रहेकाे थियो।

 

 

 

कार्यक्रमको आयोजना अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत कमिटिले गरेको थियो भने आन्दोलन मध्यपश्चिम विश्वविद्यालय बाट सुरु गरेर वीरेन्द्र चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।