नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि,थप १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८०८ नमुनामा परीक्षण गर्दा उनिहरूमा संक्रमण पुष्टि भएको जनाएकाे छ।

 

 

 

आज ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ । आज थप १५ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

 

 

 

योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।