उपत्यकाका सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउने प्रशासनको निर्णय,यी सवारीसाधानमा कायमै
काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू गरिएको जोरविजोर प्राणली हट्ने भएको छ । शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहने भएको छ ,भने उक्त निर्णय आज मध्यरातिबाट नै लागू हुने छ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यसअघि शुक्रबार सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
कोरोनाको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गरेको छ ।
अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो । यस्तै विद्यालय, रात्रीकालिन व्यवसाय र फिल्म हल पनि माघ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेको छ ।