सत्तारुढ गठबन्धन जेठभित्र स्थानीय तहको चुनाव गर्न तयार,आयोगसँगको परामर्शमा निर्वाचनको मिति तोक्ने
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ।
गठबन्धनको निर्णयपछि सरकारले निर्वाचन आयोगसँगको परामर्श पछि स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएकाे छ ।
सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो ।