मसाल र राष्ट्रिय जनमोर्चा विभाजित,विशेष राष्ट्रिय भेला सम्पन्न,५१ सदस्यीय केन्द्रीय समन्वय समिति गठन

काठमान्डौ। मोहनविक्रम सिंहको मसाल र चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा विभाजित भएको छ। नेकपा (मसाल) को वैद्यानिक मोर्चा राष्ट्रिय जनमोर्चाले आज एक बृहत भर्चुअल विशेष भेला गरी कृष्णराज पौडेलको अध्यक्षतामा ५१ सदस्य केन्द्रीय समन्वय समिति गठन गरेको छ ।

 

 

नयाँ गठितराष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका अध्यक्ष कृष्णराज पौडेलले भनेका छन् :-

 

“हामीले २०५१ सालमा यो संसदिय व्यवस्था मूलरुपमा प्रतिकृयावादी व्यवस्था हो ।यो व्यवस्थाबाट नेपाली जनताको मुक्तिसम्भव छैन । हामीले यो व्यवस्थालाई सडक र सदन दुबै ठाउँबाट नालायक सावित गर्न, भण्डाफोर गर्नभनि संसदीय व्यवस्थालाई कार्यनीतिक रुपमा उपयोग गरेका थियौं ।

 

 

 

तर नेकपा (मसाल) नेतृत्वले पार्टीको उद्देश्य अनुरुप काम नगरी संसदीय व्यवस्थामा यसरी फस्यो कि उ त्यहाँबाट उम्कनै नसक्ने, संसदीय व्यवस्था बिना उभिनै नसक्ने भएपछि पार्टीको क्रान्तिकारी लाईनको रक्षा र सुदृढीकरणको लागि हामीले आकस्मिक र बाध्यात्मक रुपमा आज यो विशेष राष्ट्रिय भेला गरी केन्द्रीय समन्वय समिति गठन गर्नु परेको छ ।

 

 

भेलामा नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपाली प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरुमा अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देबबहादुर लामिछाने, अन्तराट्रिय नेपाली एकता समाजका महासचिव विदुर शर्मा, महिला संगठनको तर्फबाट मनु बिक रहेका थिए ।

 

 

 

विभाजित भयो मोहनविक्रम सिंहको मसाल र चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा राजमोका पूर्व केन्द्रीय सदस्य गौरीलाल कार्किले स्वागत मन्तव्य दिएका थए भने रक्तिम परिवारका कालाकारहरुले संगीतबाट स्वागत गरेका थिए ।

 

 

प्रमुख अतिथि सन्तबहादुर नेपालीले भेला उद्घाटनगरी भेला सफलताको शुभकामना दिने क्रममा भनेका थिए “इतिहासमा हामीले कहिलै नसोचेको कुरा पनि भोग्नु पर्ने र गर्नु पर्ने रहेछ ।

 

 

 

हामीले सोचेका थियौं कि हाम्रो पार्टीले इतिहासको कालखण्डमा एउटा क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने छ र सारा शोषित पिडित गर्वको मुक्तिको लागि अग्रणि भूमिका खेल्ने छ तर हाम्रो पार्टीको नेतृत्वले दक्षिणपन्थी दिशा समात्यो र त्यसले नेपाली जनताको मुक्ति आन्दोनमा गद्दारी गर्न पुग्यो ।

 

 

 

त्यसकारण हामीले त्यो हाम्रो पार्टीको गौरवमय क्रान्तिकारी विरासतलाई निरन्तर अगाडी बढाउनको लागि, त्यो महान उद्देश्यलाई पुरा गर्नको लागि हामीले यो कदम चाल्न बाध्य भएका छौं।

 

भेलाद्वारा निर्वाचित कार्य समितिको नामावलि क्रमशः कृष्णराज पौडेल अध्यक्ष नवलपरासी, उपाध्यक्ष चिन्तामणी पौडेल काठमान्डौं, उपाध्यक्ष सुर्य थापा काडमान्डौं, सुरेन्द्र भण्डारी उपाध्यक्ष मोरङ्ग, लालबहादुर जाग्री महासचिव डडेल्दुरा, गौरीलाल कार्की सचिव जुम्ला, ओमबहादुर के।सी। कोषाध्यक्ष दाङ्ग, बालाकृष्ण सुबेदी सदस्य सुनसरी, नरबहादुर थापा सदस्य रुपन्देही, मनिराम सापकोटा सदस्य रुपन्देही, लक्ष्मी न्यौपाने सदस्य रुपन्देही, उद्धव ऐर सदस्य डडेल्दुरा, धनबहादुर बोहोरा सदस्य डडेल्दुरा, कर्ण थापा सदस्य बारा, दिपक चौधरी सदस्य बारा, रामबाबु शाहा सदस्य बारा, मोमिना खातुन सदस्य बाँके, गुणनीधि आचार्य सदस्य बाँके, नारायण सापकोटा सदस्य बाग्लुङ्ग, श्रीप्रसाद थापा सदस्य बाग्लुङ्ग, रेशम गिरी सदस्य बाग्लुङ्ग, बिरेन्द्र थापा सदस्य बाग्लुङ्ग, रामबहादुर जिएम सदस्य दाङ्ग, गोपाल नेपाली सदस्य दाङ्ग, शशिराम बुढाथोकि सदस्य दाङ्ग, राजेन्द्र नेपाली सदस्य अर्धाखाँची, राधा खतिवडा सदस्य मोरङ्ग, रामहरी धिताल सदस्य मकवानपुर, राजिमसुर राई सदस्य भोजपूर, शन्तोस राई सदस्य झापा, लेखनाथ शर्मा सदस्य नवलपूर, धनपति ज्ञवाली सदस्य नवलपुर, खगेश्वर शर्मा सदस्य पर्शा, तपशी चौधरी सदस्य पर्शा, मनु बिक सदस्य प्युठान, जितामित्र सुनुवार सदस्य प्युठान, बिरबहादुर पुन सदस्य प्युठान, तारा पौडेल सदस्य चितवन, लक्ष्मी रिजाल सदस्य कैलाली, शुसिल शाही सदस्य कालिकोट, बिक्रम थापा सदस्य कास्की, नरेश झुकाल सदस्य कञ्चनपुर, धरमदेवपन्त सदस्य कन्चनपुर, हिमलाल वाग्ले सदस्य कपिलवस्तु, शोभादेवी सापकोटा सदस्य नवलपूर, कमल खड्का सदस्य कपिलवस्तु रहेको छ । केही रिक्त स्थान पछि पुर्तिगर्ने सो समितिले जनाएको छ ।

 

कार्यक्रमको अध्यक्षता कृष्णराज पौडेलले गरेका थिए भने संचालन लालबहादुर जाग्रीले गरेका थिए ।