सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । गत बुधबारदेखि नियमित ओरालो लागेको सुनको मूल्य आज पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार सुनको मूल्य बुधबारयता तोलामा दुई हजार दुई सय रुपैयाँले घटिसकेको छ । गत बुधबार छापावाल सुनको प्रतितोला खरिद बिक्री मूल्य ९४ हजार ४ सय रुपैयाँ थियो ।

 

 

आजका लागि छापावाल सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ छ । शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा छापावाल र ९२ हजार एक सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

 

 

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १२ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य आज १२ सय ५० रुपैयाँ कायम भएको छ ।

 

 

नेपाली बजारमा सुनको मूल्य तलमाथि हुनुमा स्वदेशी कारण कुनै नहुने नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्य बताउँछन् । यस पटक मूल्य घटबढ हुनुमा अमेरिकी फेडरल बैंकको ब्याजदर मुख्य कारणको रुपमा देखिएको उनले बताए।