अखिल (क्रान्तिकारी)द्वारा पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन माग (विज्ञप्तिसहित)
काठमाडौं। । नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)ले इन्धनमा गरिएको मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न जोडदार माग गरिएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मुल्य वृद्धी गर्दे जनताको ढाड सेक्ने काम गरेको प्रती अखिल (क्रान्तिकारी)ले भत्सना गर्दै एक प्रेस विज्ञप्ती जारी गर्दैपे ट्रोलियम पदार्थमा मुल्य वृद्धी फ्र्तिा गर्न माग गरेको छ ।
वुधवार अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र आयल निगमसँग जोडदार माग गरिएको छ ।
सरकारले मंगलवार पेट्रोल, डिजल, मट्टीतेलमा प्रति लिटर ३र३ रूपयाका दरले वृद्धी गरेको छ । त्यस्तै आन्तरिक हवाईइन्धनमा प्रतिलिटर १० रूपया र अन्तराट्रिय हवाईइन्धनमा १०० अमेरिकी डलर बृद्धी गरेको छ ।
अखिल क्रान्तिकारीले तत्काल पेट्रोलियम पदार्थ र हवाईइन्धनको मुल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । साथै अखिल क्रान्तिकारीले राष्ट्रघाती एमसीसी सम्झैता तत्काल खारेजीको माग गर्दै राष्ट्रियता जनतन्त्र जनजिविकाको सवालमा सरकार गम्भिर हुन माग गरेकाे छ।
राष्ट्रघाती एमसीसी खारेजी र पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फर्ता नभए सशक्त संघर्षमा जाने चेतावनी दिएकाे छ।