नेपालमा थप ३,६३७ जनामा कोरोना संक्रमण पुष्टि,एकैदिन थप १२ जनाको मृत्‍यु

काठमाडौं।नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

त्यस्तै कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् ।

 

 

हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

 

 

पछिल्लो २४ घण्टामा थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९१ हजार ८८८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ भने ८ लाख ७८ हजार ७२० जना संक्रमणमुक्त भएका छन् ।

 

 

मन्त्रालयका अनुसार हाल ६७ हजार ८२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४६६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७० जना आईसीयू र ५२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

 

यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १११ जना कोरोना संक्रमित थपिएका छन् ।

 

कुन जिल्लामा कति संक्रमित थपिए 

 

त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८६८, ललितपुरमा १७० र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा १३१, मोरङमा ११८, चितवनमा १०४, सुनसरीमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

यस्तै कैलालीमा ५८, तनहुँमा ३९, झापामा ३६, मकवानपुरमा ३ण्, धनुषामा २५, सर्लाही र बाँकेमा २३/२३ जना, नवलपरासी पुर्वमा २१ र रुपन्देहीमा २० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।