पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अखिल (क्रान्तिकारी)द्वारा माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं। नेकपा (क्रान्तिकारी मओवादी) सम्वद्ध  अखिल (क्रान्तिकारी)ले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

 

क्रान्तिकारी माओवादीको पार्टी कार्यलय कुपाेण्डोलबाट नारा जुलुससहित थापाथलीहुँदै माइतिघर मण्डलामा आएर कोणसभा गरिएको थियो।

 

 

त्यस्तै अहिलेको दलाल देउवा सरकारले पेट्रोल, डिजेल र मट्टितेल,हवाई इन्धनमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन अध्यक्ष हरिकृष्ण गजुरेलले चेतावनी दिएका छन्।

 

 

 

उनले भने, शेरबहादुर देउवा नेतृत्वको सरकारले कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनु त परै जाओस्, पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर नेपाली जनतालाइको ढाड सेक्ने काम गरेको बताए।  

 

 

अहिले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना गरिएको र यसलाइ तत्काल फिर्ता लिन गजुरेलले आग्रह समेत गरेका छन्।

 

 

उनले भने पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगमलगायतका निकायसँग आग्रह गर्दछु। 

 

 

 त्यस्तै उनले भने राष्ट्रघाती एमसीसी सम्झाैता कुनै पनि हालतमा नेपाली जनताकाे पक्षमा छैन र त्याे कुनै पनि वाहानामा पास गर्नुहुँदैन याे देशका दलाल नेताहरूले नेपाली जनतालाइ भ्रम सृजना गरेर विभिन्न वहानामा जनतालाइ लुटिरहेकाे छन्। 

 

त्यस्तै उक्त कार्यक्रमको सञ्चालन संगठनकी केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेले गरेकी थिइन।उनले अहिलेको सरकार माफिया,दलाल र भ्रष्टहरूको सरकार भएको बताएकी छन्। 

 

 

त्यस्तै आन्दोलनमा संगठनका केन्दिय सदस्य शुलभ वैद्य,दिनेशलगायतका विद्यार्थी नेताहरूको भव्य सहभागीता रहेको थियो।