सुनको मूल्य बढ्यो,चाँदीको स्थिर ?
काठमाडौं। सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९२ हजार ७०० पुगेको छ । बुधबार प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ । बुधबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।
त्यस्तै चाँदीको मूल्य बिहीबार अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।