कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा आह्वान

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले १७औं वार्षिक साधारण सभा फागुन २० गते गर्ने भएको छ ।सभा कल्पतरु होटल नेपालगञ्जमा दिउँसो १ बजे हुने जानकारी कम्पनीले गराएको छ ।

 

 

कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने जानकारी गराएको हो ।

 

 

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

 

 

कोभिड संक्रमणका कारण साधारण सभा भर्चुअल माध्यमबाट हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।

 

 

यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।