राष्ट्रिय स्वाधीनता र राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध सिन्धुली जिल्लामा क्रान्तिकारी माओबादीद्वारा विरोध प्रदर्शन
सिन्धुली। नेकपा (क्रान्तिकारी माओवादी)द्वारा राष्ट्रिय स्वाधिनता र राष्ट्रघाती एमसीसीविरुद्ध सिन्धुली जिल्लामा विराेध प्रदशन गरेकाे छ।
कमलामाई नगरपालिकाको लोकतान्त्रिक चौतारीमा कोणसभालाई सम्वोधनगर्दै क्रान्तिकारी माओबादीका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्जार्च जीवनले राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध जस्ताेसुकै मूल्य चुकाउन जनता तयार रहेकाे बताए।
राष्ट्रिय स्वाधिनताकाे लागि अन्तिम लडाइ लड्न सम्बन्धित पार्टी कमिटीका कमरेडहरुलाई निर्देशित गर्नुका साथै सबै जनवर्गीय सङ्गठन तथा मोर्चासहित आम देशभक्त, प्रगतिशील, जनवादी तथा वामपन्थी मित्रहरु र शुभ चिन्तकहरुलाई विशेष अनुरोध गरेका थियो ।
उनले भने पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएकाेले तत्काल मुल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।
त्यस्तै लिपुलेक, लिम्पियाधुरा,कालापानीलगायत नेपालका अतिक्रमित नेपाली भूमिका बारेमा यो सरकार किन मौन रहेकाे भन्दै उहाँले नेपाली भुमिबाट बिदेशी सेना हटाउन सरकारले कुटनैतिक तथा अन्तर्राष्ट्रिय दवाब सृजना गर्नु पर्ने बताए।