जोरबिजोर हटाउन सिसिएमसीको सिफारिस, विद्यालयहरु फागुन १ देखि खुल्ने
काठमाडौं। कोरोना नियन्त्रण तथा रोकथाम समन्वय समितिको बैठकले काठमाडौं उपत्यकाभित्र यातायातमा लागू भएको जोरबिजोर प्रणाली हटाउन सरकारसँग सिफारिस गरिएको छ।
सिसिएमसीको आइतबारको बैठकले कोरोनाको संक्रमण कम हुँदै गएको भन्दै निजी सवारी साधन र ट्याक्सीहरुमा रहेको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।
बैठक स्रोतका अनुसार फागुन १ गतेदेखि विद्यालय तथा कलेजहरु खोल्ने निर्णय पनि सिसिएमसी बैठकले गरेको छ।