मोहविक्रम सिंहको नयाँ जनवादी क्रान्ति, वैज्ञानिक समाजवाद हुँदै साम्यवादको यात्रा,संसदीय व्यवस्थाको आहालमा चुलुम्मै

नेकपा(मसाल)का महामन्त्री क.मोहविक्रम सिंहले उहाँको राजनीतिक मार्गमा अति घेरै बोकेर हिंडेको शब्द ‘प्रतिगमन’ हो । २०३५÷०३६को आन्दोलनबाट प्राप्त जनमत संग्रहको समयमा होस, २०४६÷०४७को आन्दोलन र त्यसले प्राप्त परिवर्तन, माओवादी जनयुद्धको विरोध र २०६२÷०६३को आन्दोलन र त्यसपछिका हरेक स—साना आन्दोलन र अहिले पनि उहाँले अत्यधिक प्रयोग गर्ने शव्द भएको छ ‘प्रतिगमन’ ।

 

 

वारम्वार‘प्रतिगमन’ को विरोध गर्दागदैृ उहाँ कतै स्वयम् प्रतिगमनतर्फको यात्रामा लागेको त होइन ?  शंका गर्नका लागि उहाँप्रति प्रशस्त सवालहरु उब्जेका छन् ।

 

 

लामोसमयसम्म केपी ओली—प्रचण्डको सरकारलाई किन टिकाइरहने भन्ने प्रश्नमा उँहाको सरल उत्तर थियो वामपन्थीहरुको सरकारलाई हटाएर देशी विदेशी खासगरी भारतीय विस्तारवाद नेपालमा उसको पक्षको सरकार बनाउन चाहन्छ, जो खासमा प्रतिगमन हो, उक्त प्रतिगमनलाई रोक्न केपी ओली—प्रचण्डको सरकारलाई टिकाइरहनुको विकल्प छैन ।

 

 

 

अहिले शेरबहादर देउवाको नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई किन टिकाइरहने ? त्यसको उत्तर छ ओलीको ‘प्रतिगमन’ संसद विघटन गर्ने प्रतिगमन कार्यलाई रोकेर संसदलाई पुरा अविध चल्ने बनाउन ।

 

 

 

अहिलेको नेपाली काँग्रेसका  सभापति शेरबहादुर देउवा सरकारलाई सहयोग गर्न गठित पाँच दलीय गठबन्धनलाई जे जसरी भएनि बचाउन पर्छ भन्नेमा उहाँले ठूलै कसरत गरेको पाइन्छ ।

 

 

 

त्यसको प्रसंसा गर्दै उहाँ भन्नुहुन्छ कि पाँच दलीय गठबन्धनमा कति धेरै शक्ति छ व्यवहारले त्यो कुरा प्रस्ट गर्दै लगेको छ ।पाँच दलीय गठबन्धनमा भएको शक्ति के हो त? त्यसको उत्तर दिंदै उहाँ भन्नु हुन्छ —पाँच दलीय गठबन्धनले केपी ओलीको संसद विघटन गर्नेजस्तो प्रतिगमनकारी काममाथि रोक लगाउन सफल भयो ।

 

 

नेकपा(मसाल), राजमो जस्तो नेपालमा नयाँ जनवादी क्रान्तिको नारा दिने, माक्र्सवाद—लेनिनवाद—माओ विचारधारको मार्ग निर्देशनमा नेपालमा नयाँ जनवादी क्रान्ति, वैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्य लिएको राजनीतिक दलले प्रथम नेपाली काँगेसको नेतृत्वको सरकार सञ्चालनमा गठित गठवन्धनमा रहन हुने कि नहुने ?

 

 

संसदीय व्यवस्थालाई सधै प्रगतिशील व्यवस्था भन्दै त्यसको दिर्घकालिनरुपमा बलियो बनाउन मलजल गर्ने काम गर्न हुने कि नहुने ? संसदजस्तो एउटा प्रतिक्रियावादी थलोलाई टिकाएर नेपालमा कसरी र कहीले नयाँ जनवादी क्रान्ति हुने हो ? भरखरै राष्ट्रिय सभाको चुनावमा आएको नतिजालाई उहाँले प्रतिगमनलाइ लगातार पराजित हुँदैगएको प्रमाण पेश गर्नु भएको छ ।

 

 

 

उहाँले भन्ने गरेको यो पाँच दलीय गठबन्धनमा भएको यति धेरै शक्तिले आखिरमा देश र जनताका लागि के गरेको छ ?  राष्ट्रियता र जनतन्त्रका लागि के सकारात्मक भूमिका खेलेको छ ।

 

 

पाँच दलीय गठबन्धनका कारण अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारको नेपालमाथिको हैकम कसरी कुन रुपमा कमजोर हुँदै गइरहेको छ आदि ।

 

 

 

यी विभिन्न प्रश्नहरुवारे अन्य क्रान्तिकारी कम्युनिस्टहरुसँग बसेर ठोस र सही उत्तर खोज्ने प्रयास नगरी क्रान्तिकारी कम्युनिस्टहरु र भरखरै नेकपा(मसाल), सरकारी राजमोका विरुद्ध विद्रोह गरेर गठन गरिएको नयाँ राजमोका विरुद्ध विष वमन गर्दै भन्नु हुन्छ— राजमो विभाजन गर्नेहरुले र संसदीय व्यवस्थालाई प्रतिक्रियावादी व्यवस्था भन्ने वामपन्थीहरुले प्रतिगमनलाई मद्त गरीरहेका छन् ।

 

 

उहाँले यतिसम्म विश्लेषण गर्दै लेख्नु भएको छ कि अहिले देशको राजनीति स्पष्ट रूपले दुई कित्तामा बाँडिएको छ । एकातिर, गठबन्धन र अर्कोतिर, प्रतिगमन ।

 

 

सबै प्रतिगामी शक्तिहरूले गठबन्धनमाथि चौतर्फी रूपले हमला गरिरहेका छन् । उहाँले प्रतिगामी शक्तिहरू भनेर प्रथम ओली दोस्रो राजावादीहरू र तेस्रो आफूबाट विद्रोह गरेका र अन्य वामपन्थी शक्तिह, जसले बहुदलीय संसदीय व्यवस्थालाई प्रतिक्रियावादी व्यवस्था ठान्छन् र प्रतिगमन विरुद्धको सङ्घर्षमा गठबन्धनको जुन अर्थ र महत्व छ।

 

 

 

त्यसलाई उनीहरूले बुझ्न सक्दैनन् भनेर के सम्म ठोकुवा गरेको पाइन्छ कि आफूबाट विद्रोह गरेर नयाँ राजमो गठन गरेकाहरु र अन्य वामपन्थीहरुले गठबन्धनमाथि हमला गरेर प्रतिगमनको पक्षमा जनमत तयार पार्न प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले मद्दत पु¥याइरहेका छन् ।

 

 

 

यति भन्दै पार्टीभित्रका कार्यकर्ता तथा समर्थकहरुलाई भ्रममा पार्न उहाँले माओको कार्यगत एकता वा संयुक्त मोर्चा सम्वन्धी नीतिलाई पाँच दलीय गठबन्धनको आवश्यकता र महत्व प्रमाणित गर्न गलत अर्थमा अगाडि सार्ने गरेको पाइन्छ ।

 

 

र उहाँले अहिले नेपाली काँग्रेसको नेतृत्वको सरकार संचालनमा गठित पाँच दलीय गठवन्धनमा नेकपा(मसाल)को सहभागीतालाइ द्वन्द्ववादको परिभाषाभित्र व्याख्या गरेको पाइन्छ ।

 

 

 

विगतमा जव निरङकुश पंचायती व्यवस्थाका विरुद्ध देशमा संयुक्त जनआन्दोलनको आवश्यकता थियो, त्यसमा तत्कालिन समयमा निरङकुश पंचायती व्यवस्थाका विरुद्ध लागेका दुई ठुला व्यक्तित्व—नेपाली काँग्रेसका विश्वेश्वर प्रसाद कोइराला र नेकपाका कमरेड पुष्पलाल श्रेष्ठका विरुद्ध मोर्चा सम्हालने काम गरेर राजालाई केही राहत दिएको तीतो यथार्थ सत्य अझै नेपालको राजनीतिक इतिहासमा काला अक्षरले अंकित छ ।

 

 

 

विश्वेश्वर प्रसाद कोइरालालाई भारतीय विस्तारवादका दलाल र कमरेड पुष्पलाल श्रेष्ठलाई दलालका पनि पुच्छर समेत भन्न उहाँ पछि पर्नु भएन । अहिले स्वयम् शेरबहादुरको नेतृत्वमा आफ्नो पार्टी र मोर्चालाई पछि पछि हिंडाएकोलाई के भन्ने होला ?

 

 

 

इतिहासले र अहिले वर्तमानमा उहाँका हरेक निर्णयहरुले यो झन प्रमाणीत ग¥यो कि उहाँको नेपाली काँग्रेसका विश्वेश्वर प्रसाद कोइराला र नेकपाका कमरेड पुष्पलाल श्रेष्ठका विरुद्धको त्यो विश्लेषण कति प्रतिगमनकारी रहेछ ।

 

 

 

उहाँले त अहिले यतिसम्म भन्न थालेको पाइन्छ कि अहिलेको राजनीतिक आवश्यकता यो हो कि आगामी निर्वाचनसम्म वा आवश्यकता अनुसार त्यो भन्दा अगाडि पनि गठबन्धनलाई निरन्तरता दिनुपर्दछ । खास गरेर आगामी निर्वाचनसम्म त्यसलाई निरन्तरता दिनु अहिलेको राष्ट्रिय राजनीतिक आवश्यकता हो ।

 

 

 

हिंजो एमालेको वैशाखीमा संसद र सरकार र अहिले पाँच दलीय गठबन्धनको नाममा नेपाली काँग्रेसको वैशाखीमा प्यूठानमा र बढी भए अन्य एक दुई जनालाई संसदमा पठाउने । किनभने उहाँलाई थाहा छ, गठबन्धन नगरे त्यही एक सिट पनि आउँदैन ।

 

 

 

राष्ट्रिय सभामा एमालेको नराम्रो हारबाट उहाँले आफ्नो भावी चुनावी परिणाम देख्दै भन्नु भएको छ कि बाह्य आक्रमण वा आन्तरिक अन्तर्विरोधका कारणले गठबन्धन टुट्छ भने त्यो प्रतिगमन वा अधिनायकवादलाई मार्ग प्रसस्त गरिदिनु नै हुने छ । यसको अर्थ बाह्य आक्रमण वा आन्तरिक अन्तर्विरोध भएता पनि पाँच दलीय गठबन्धन टुट्न हुँदैन ।

 

 

 

अव उहाँमाथि स्वाभाविक प्रश्न उठने छ के एमसीसीका कारणले गठवन्धन टुटे(किनभने शेरबहादुर देउवाले एमसीसीलाई जसरी पनि संसदबाट पास गराएर छाडने भनिरहेका छन् ) किनभने उहाँको नेतृत्वको पार्टी मसाल र राजमोले एमसीसीको खारेजका लागि आन्दोलन गरिरहेको छ । त्यसवेला उहाँको पार्टीका कारण गठवन्धन टुटने स्पष्ट छ ।

 

 

 

उहाँले चाहेर पनि गठवन्धन टिक्ने र एमसीसी संसदबाट पनि पास हुने त हुन्न होला । त्यसवेला उहाँले स्वयम प्रतिगमन वा अधिनायकवादलाई मार्ग प्रसस्त गरिदिएको ठहर्दै न?

 

 

नेपालको कम्युनिस्ट आन्दोलनमा नेकपा (मसाल) लामो इतिहास बोकेको पार्टी हो, जसको जन्म र विकासका लागि क. मोहविक्रम सिंहको त्याग, तपस्या र बलिदान उल्लेख्य छ।

 

 

तर उहाँ जीवनमा कसरी नेकपा (मसाल)लाई संसदीय व्यवस्थाको आहालमा चुलुम्मै डुवाएर संसदीय व्यवस्थालाई कसरी बलियो बनाउने, नेकाँ जो कम्युनिस्ट शासन व्यवस्थाका लागि दिर्घकालिन रुपले वर्गीय शत्रु रहदै आएको छ, त्यसको नेतृत्वको सरकारलाई कसरी बलियो बनाउने ध्यानमा उहाँ किन लागि रहेको छ?

 

 

 

 

२०१० सालमा नेकपाको सदस्यता लिएको एक जना जीवीत कम्युनिस्ट नेता तथा घेरै कम्युनिस्ट नेताहरुका पनि गुरु, कसरी नेपाली काँग्रेसको वैशाखीमा संसदमा आफ्ना पार्टी सदस्यहरु पठाएको देख्न लालायित बन्न जानु भयो ?

 

 

 

२०१० सालदेखि (जव उहाँले नेकपाको सदस्यता लिनु भयो)¬ अहिले करीव ६८बर्षको वीचमा नेपाल अझै अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक अवस्थामा रहेको छ ।

 

 

नेपाली जनता सामन्तवाद, साम्राज्यवाद र विस्तारवादबाट उत्पीडित रहिआएका छन् । नेपाली समाज ऐतिहासिक रुपले विकसित वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय तथा जातव्यवस्थामा आधारित अनेकौं अन्तर्विरोधहरुमा जेलिएको जेलियै छ ।

 

 

तर उहाँका लागि किन हो, नेपालको समग्र मुक्ति आन्दोलन पनि यसै प्रकारका अन्तर्विरोधहरु अन्तर्गत पर्दछन भन्ने हेक्का अहिले आएर उहाँमा हराएको जस्तो छ ।

 

 

 

नेपाली काँग्रेस र त्यसका सभापति  शेरबहादुर देउवाजस्तो संसदीय व्यवस्था, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको घोषित दलालसँगको कार्यगत एकताबाट कसरी सम्भव छ नेपालमा क.मोहन विक्रम सिंहले चाहे र सांचेजस्तो कम्युनिस्ट क्रान्ति र कम्युनिस्ट शासन व्यवस्था ।

 

 

 

क. मोहन विक्रम सिंह एक जना नेपाली माक्र्सवादका गुरु, उहाँले त सर्वहारावर्ग एवम् उत्पीडित जनसमुदायको मुक्ति एवम। हकहितको पक्षपोषण गर्नु पर्ने थियो ।

 

 

 

सबैखाले अधिभूतवाद र अमूर्तताका विरुद्ध ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा एउटा क्रान्तिकारी कार्यदिशालाई अंगीकार गर्दै क्रान्तिका लागि आवश्यक क्रान्तिकारी राजनीतिक कार्यदिशाको विकास र यस प्रकारको कार्यदिशाको निर्धारण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्ेषणका आधारमा गर्न पट्टि आफ्नो अनुभव र समय लगाउन पर्नेमा नेपालको नयाँ जनवादी क्रान्तिलाई कुनै पनि मद्त नपुग्ने बरु नकारात्मक परिणाम दिने पुँजीवादी व्यवस्थाको राजनीतिक आधार संसदीय व्यवस्था र त्यसको संसदको दृघायुका लागि गरिने कामलाई मद्त पुग्ने काम एउटा कम्युनिस्टका लागि के प्रतिगमन होइन त ?

 

 

 

 

के स्पष्ट हो भने वतर्मानको अवस्थामा पुँजीवादले साम्राज्यवादको रुप लिएको छ र वर्तमान युगको क्रान्तिको नेता सर्वहारा वर्ग बन्नका लागि यस्तो पुँजीवादी राजनीतिक दल जसले साम्राज्यवादी दलालको रुप लिएको छ र पुँजीपतिवर्गको पार्टी नेपाली काँग्रेसर्ले साम्राज्यवादीको दलालको रुपमा कामगर्न थालेको अवस्थामा त्यस्तो दलाल पुँजीपतिवर्गको पार्टी नेपाली काँग्रेस र त्यसको सभापति शेरबहादुर देउवासँग कार्यगत एकता वा संयुक्त मोर्चाले क्रान्तिलाई फाइदा होइन धोका हुन जान्छ भन्ने स्पष्ट छ ।

 

 

 

यसको विपरित उहाँ भन्नु हुन्छ कि पाँच दलीय गठबन्धनमा कति धेरै शक्ति छ व्यवहारले त्यो कुरा प्रस्ट गर्दै लगेको छ भनेर पाँच दलीय गठबन्धनको प्रशम्सा गर्नमा समय खेर फाली रहेको पाइन्छ ।

 

 

 

यस्तो पाटी र त्यसको सर्वमान्य नेताबाट के नेपालमा सामन्तवाद तथा साम्राज्यवाद विरुद्धको सर्वहारावर्गीय क्रान्तिको सपना देख्न सम्भव होला । के त्यस्तो पार्टीमा क्रान्तिकारीहरु अनुशासनको नाममा शिर निहुराएर बसी रहने वा विद्रोहको झण्डालाई उचाल्ने, तत्कालको आवश्यकता भएको छ।

 

राजमोको विभाजन यही वस्तुगत आवश्यकतामा लिएको सही निर्णय हो भन्ने लाग्छ, जसलाई उहाँ प्रतिगमन कार्य भन्नु हुन्छ ।

 

 

 

नेपाली समाजको ऐतिहासिक विकास प्रकृयामा पाइने मूलतः दुई प्रकारका अन्तर्विरोधहरुः सामन्त र जनसमुदायका बीचको अन्तर्विरोध तथा नेपाल र अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद बीचको अन्तर्विरोधको हल वर्तमानको पाँच दलीय गठवन्धन वा यस्ता अन्य गठवन्धन, जो सामन्तवाद र साम्राज्यवाद वा विस्तारवादका दलाली गर्ने राजनीतिक शक्तिहरु सम्मिलित हुन्छन्, परिणाम सामन्तवाद र साम्राज्यवाद वा विस्तारवादकै पक्षमा रहन्छ ।

 

 

 

वर्तमान शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठवन्धनले ल्याउन खोजेको एमसीसी उहाँले भनेझै पाँच दलीय गठबन्धनमा कति धेरै शक्ति छ व्यवहारले त्यो कुरा प्रस्ट गर्दै लगेको छ भनेझै हो ।

 

 

हो उहाँका दृष्टिमा पाँच दलीय गठबन्धन ओलीका विरुद्ध शक्तिशाली देखिएको होला तर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका अगाडि भिजेको विरोलो जस्तै म्याउँ गर्दैछ—एमसीसी संदनबाट जे जसरी नी पास गराएर छाडने कसरतमा लागेका नेपाली काँग्रेस र भए पाँच दलीय गठवन्धन नभए नेकपा ओलीको एकताबाट ।

 

 

पुँजीवादले साम्राज्यवादको रुप लिएको वर्तमान अवस्थामा नेपालजस्ता अविकसित देशहरुमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादव्दारा एमसीसी र सिमा अतिक्रमणआदि जस्ता उत्पीडनको प्रक्रियाहरु अगाडि बढाइएको र नेपालमा पुँजीवादको स्वाभाविक विकासको मार्ग अवरुद्ध भएको वर्तमान अवस्थामा एउटा क्रान्तिकारी माक्र्सवादी —लेनिनवादी—माओवादी पार्टी, नेता तथा कार्यकर्ताले नयाँ जनवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवादहुँदै साम्यवादको मालेमावादी मार्ग नै अवलम्न गर्ने हो ।

 

 

 

यसका लागि वर्तमान संसदीय व्यवस्था, साम्राज्यवाद र विस्तारवादका दलालहरुलाई मित्र मानेर उनीहरुसँग कार्यगत एकता वा संयुक्त मोर्चा गरेर होइन उनीहरुलाई प्रतिक्रियावादी शक्ति घोषणा गरेर मात्रै नेपालमा क्रान्ति सम्भव छ ।

 

 

 

क.मोहनविक्रम सिंहले लिएको यो खालको प्रतिगमनतर्फको यात्राले नेकपा(मसाल) र राजमोको क्रान्तिकारी ओझ र गरिमालाई मात्रै ध्वस्त पार्दैन, समग्र नेपाली कम्युनिस्ट आन्दोलनलाई नेपाली काँग्रेस र संसदीय व्यवस्थाको एक अंगमा रुपान्तरण गरिदिने स्पष्ट छ ।

 

 

 

नेकपा(मसाल)र राजमोभित्रको एउटा क्रान्तिकारी शक्तिले वेलैमा आफ्नो क्रान्तिप्रतिको झण्डालाई उठाएको छ र आवश्यक छ, त्यसपार्टीभित्रका अन्यले पनि त्यसमा साथ दिएर क।मोहनविक्रम सिंहको पार्टी विभाजनलाई रोक्न दवाव दिने र उहाँले लिएको यो खालको प्रतिगमनतर्फको यात्रालाई राक्ने ।