बाजुराको हिमाली गाउँपालिकाले गुणस्तरीय शिक्षाको लागि धुलोमुक्त विद्यालय योजना लागु गर्दै

काठमाडौं। बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले गुणस्तरीय शिक्षा हाँसिल गर्नको लागि शैक्षिक बातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइमा बसेर पढ्नुपर्ने बाध्यताले गुणस्तरीय शिक्षा हाँसिल नहुने भन्दै धुलो मुक्त विद्यालय अभियान अघि सारिएको छ ।

 

 

 

गुणस्तरीय शिक्षाको कुरा गर्दै गर्दा ग्रामीणक्षेत्रमा रहेका अधिकांस विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरु बस्ने डेस्क बेन्च र ओछ्याउने कार्पेटको अभावले गर्दा धुलो भएको भुईमा बसेर बालबालिकाहरुले अध्ययन गर्नुपर्दा उनीहरुले हाँसिल गर्ने शैक्षिक स्थिति पनि राम्रो नभएको समस्यालाई मध्यनजर गर्दै यो योजना अगाडी बढाईएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए ।

 

 

 

हिमाली गाउँपालिकाका अधिकांश बस्तीहरु ग्रामिण क्षेत्रमा रहेका र समुदायस्तरका बालबालिकाहरुले पठनपाठन गर्ने विद्यालयहरुमा पर्याप्तमात्रामा डेस्क बेन्च तथा कार्पेटको अभावको कारण चिसो भुईमा बसेर बालबालिका हरुले अध्यन गरिरहेका र यसले शिक्षा आर्जन गर्न गएका बालबालिकाहरु निमोनिया लगायतक रोगहरु लिएर घर फर्किने समस्या थियो।

 

 

 

हामीले गाउँपालिकाको आफ्नै श्रोत बाट गाउँपालिकाका सबै विद्यालयलाई चाहिनेमात्रामा डेस्क बेन्च र कार्पेट वितरण गरेको कुरा गाउँपालिका अध्यक्ष गाेविन्द बहादुर मल्लले जानकारी दिए।  

 

 

 

गाउँपालिका भित्र जम्मा २२ ओटा बिधालयमा ३५०० भन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेका र सबै विधार्थीलाई पुग्ने गरि प्राम्भिक बालकक्षा देखि ३ कक्षा सम्मका बालबालिकाहरुका लागि १ हजार ५० मिटर कार्पेट र कक्षा ३ देखि १२ कक्षा सम्मका बिधार्थीको लागी ७०० भन्दा बढी डेस्क बेन्च वितरण गरिएको र अब कुनै पनि  विद्यार्थीले धुलो र चिसो भुईमा बसेर पठनपाठन गर्नु नपर्ने कुरा प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिए ।