एमसीसीको विरोधमा क्रान्तिकारी माओवादी र राजमोको कञ्चनपुरमा संयुक्त विरोध प्रदर्शन

कञ्चनपुर। एमसिसी सम्झैताको बिरोधमा कञ्चनपुरको झलारी नेकपा (क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमोर्चाको सयुक्त आयोजनामा बिरोध प्रदर्शन गर्दै कोण सभा सम्पन्न गरिएको छ ।

 

 

 

सरकारले संसदबाट अनुमोदन गरेर पारित गर्न लागेको अमेरिकाको एमसिसी परियोजना सम्झैताको राष्ट्रघाती भएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी लगायतका ६ दल र २ मोर्चाले बिरोध गर्दै आएका छन ।

 

 

 

 

नेकपा (क्रान्तिकारी माओवादी)पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी लगायतका ६ दल र २ मोर्चाले बिरोध २६ गते पनि देशभरी बिरोध प्रर्दसनको कार्यक्रम राखेका छन ।

 

 

 

कोण सभाको सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका केन्द्रिय सदस्य हरि सुवेदीले राष्ट्रघाती एससिसी सम्झैता पारित गर्न खोजिएकोले क्रान्तिकारी माओवादी लगायतका देश भक्त्त पार्टी आन्दोलनमा रहेको बताए ।

 

अनुदानको नाममा राष्टाघातीे सन्धी हाम्रो देशको स्वाधिनताको निमति घातक रहेको बताए ।

 

 

 

नेपालका ठुला भनिएका दलहरु कोही अमेरीकी समराज्यवादका दलाल छन भने कोही, भारतीय विस्तावदका दलाल रहेको सुवेदीले टिप्पणी गरेका छन ।

 

 

 

नेपालको भुमि २५२ हेक्टर जमिन भारतले कालापानी लिपुलेकमा हस्तक्षेत गरेको भए पनि सरकारले कुनै पनि पहल गर्न नसकेकोले यो सरकार दलाल राष्ट्र घाती रहेको बताए ।

 

 

 

 

नेकपा( क्रान्तिकारी माओवादी) पार्टी जनवादी व्यवस्थाका लागि आन्दोलनमा रहेकोले सबै देशभक्त्त नेपाली एकजुट हुन पर्ने दिन आएको आन्दोलन सबैले साथ दिन अनुरोध गरेका छन ।

 

 

 

त्यस्तै राष्ट्रिय जनमोर्चाका कञ्चनपुर जिल्ला अध्यक्ष राम बहादुर काकीले एमसिसी समझैता राष्ट्रको हितमा नभएको बताए । अमेरिकाले दिने अनुदानको नाम राष्ट्रघाती एमसिसी सम्झैता लागु गर्न खोजिएकोले राष्ट्रघाती एससिसी सम्झैता खारेज गर्नु पर्ने बताए ।