प्रहरी हस्तक्षेपका बाबजुद सार्वजनिक यातायातमा अखिल (क्रान्तिकारी)ले नो एमसीसी लेखेका स्टिकर टास्यो (फोटोफिचर)

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)ले आज काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा नो एमसीसी लेखेका स्टिकर टासेर विरोध जनाएको छ।

 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी )को विरोधमा विभिन्न सवारी साधानमा स्टिकर टासे विराेध जनाएकाे हो।

 

उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरुले संसदबाट अनुमोदन नगर्न खबरदारी स्वरूप सार्वजनिक यातायातहरूमा स्टिकर टासेर विरोध गरेको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो।

 

काठमाडौंको नयाँ बानेश्वरदेखि रत्नपार्सम्म सार्वजनिक यातायातमा स्टिकर टास्ने क्रममा प्रहरी हस्तक्षेपका बावजुद पनि ४०० देखि ५००सम्म स्टिकर टासेको उपाध्यक्ष शिलु न्यौपानेले जानकारी दिनुभयो।एमसीसीको विरोध गर्ने क्रममा प्रहरी हस्तक्षेप हुनु दुर्भाग्य भएको उनले जानकारी दिन।

 

एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले संसदबाट पास गर्न नहुने र अमेरिकालाई नै फिर्ता पठाउनु पर्ने हाम्रो मुख्य माग रहेकाले नयाँ किसिमको आन्दोलनका रूपमा स्टिकर अभियान संचालन गरेको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो।

 

 

 

आगामी दिनमा एमसीसीको विरुद्धमा अझ सशक्त रुपमा नयाँ तरिकाबाट अखिल (क्रान्तिकारी)ले संघर्ष उठान गर्ने उहाँले जनाकारी दिनुभयो।

 

प्रहरीको दमनले हाम्रो आन्दोलन रोकिदैन राष्ट्रघाती एमसीसी सम्झौतालगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा अखिल (क्रान्तिकारी) सधैं आन्दोलनको पक्षमा उभिने अध्यक्ष गजुरेलले बताउनु भयाे।