राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै प्युठानको खलंगामा विरोध प्रदर्शन
प्युठान । राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीकाे माग गर्दै आज प्युठानको खलंगामा विराेध कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा कार्यरत कार्यगत एकतामा सम्मिलित चारवटा राजनीतिक दलहरुको संयुक्त बिरोध कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम धनेश्वर पोख्रेलले यो राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी र राष्ट्रिय स्वाधीनता रक्षा गर्नका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, राष्ट्रवादी शक्ति, र व्यक्तित्वहरुलाई आन्दोलनलाई सफल पार्न एकतावद्ध भएर संघर्षमा आउन आब्हान गर्नु भयो ।
नेकपा९मसाल०का रामबहादुर पहाडीले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्ने अन्य वक्ताहरुमा राजमोका कृष्ण बहादुर खडका।, नेपाल कम्युनिष्ट पार्टीका दलबहादुर केस ९जागृत०, नेकपा (माले)का तेजविक्रम केसी हुनुहुन्थ्यो ।
प्युठानको खलंगाको जिप्रका अगाडिको चोकमा सम्पन्न कोणसभाको अन्त्यमा राष्ट्रियताको पक्षमा, एमसीसीको खारेजका लागि र महंगीका विरुद्ध नाराहरु लगाइएका थिए ।