विप्लवका विद्यार्थी अध्यक्षसहित सिंगो सिन्धुली जिल्ला कमिटी वैद्य निकट अखिल (क्रान्तिकारी)मा समाहित
काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)मा सम्वद्ध अखिल (क्रान्तिकारी)मा ‘विप्लव नेकपा निकट विद्यार्थी संगठनका अध्यक्षसहित सिंगो सिन्धुली जिल्ला कमिटी नै पुनर्मिलन क्रार्यक्रमबाट समाहित भएका छन् ।
क्रान्तिकारी माओवादीको जिल्ला पार्टी र विद्यार्थी संगठनले आज आयोजना गरेको पुनर्मिलन कार्यक्रम मार्फत विप्लवका विद्यार्थी नेताहरूलाइ ध्रुवीकृत गराएका छन्।
उहाँहरुलाई क्रान्तिकारी माओवादीका स्थायी समिती सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले अविर र खादा ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो।
त्यस्तै विप्लवको पार्टीमा आवद्ध सिन्धुली जिल्लाका विद्यार्थी नेता कार्यकर्ताहरूले क्रान्तिकारी माओवादी सम्वद्ध अखिल (क्रान्तिकारी)मा पुनर्मिलन कार्यक्रम गरेर संगठनमा प्रवेश गरेका हुन।
त्यस्तै प्रमुख अतिथि क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता सिन्धुली जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य जीवनले गरेका थिए।
त्यस्तै अतिथिमा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल , बागमती प्रदेश सल्लाहकार इन्दिरा अधिकारी, अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेलगायतले गरेका थिए। त्यस्तै कार्यक्रकाे संञ्चालन जिल्ला सचिव सुवर्णले गरे भने स्वागत मन्तव्य ढक प्रसाद देवकाेटाले गरेका थिए ।
त्यस्तै आगन्तुक विद्यार्थी संगठनका तर्फबाट हेमराज बशेलले मन्तव्य राखेका थिए। विद्यार्थी र पार्टीका नेताहरूको बाक्लो उपस्तिथि रहेको थियो।