ओली र प्रचण्ड कम्युनिस्ट होइनन्, सिद्धान्त र आदर्शलाई छाडेर कांग्रेसको भाग खोस्ने प्रतिक्रियावादी हुन्: महासचिव वैद्य
काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)ले आज पार्टी कार्यलय कुपण्डोमा २७ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ। फागुन १ गते जनयुद्ध सुरुवात गरेको सम्झनामा सो कार्यक्रम गरिएको हो।
सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासचिव मोहन वैद्यले भने जनयुद्धको क्रममा आधार इलाका,जनसरकार, जनमुक्ति सेनालगायत निमार्ण गरेर नेपालका सर्वाहारा जनताको पक्षमा महत्वपूर्ण काम गरेरको उल्लेख गर्नुंभयो।
उहाँले भन्नु भयो, पार्टीको मूल नेतृत्वमा दक्षिणपन्थि अवसरवाद पैदा भयो र त्यसले क्रान्तिमा धोका दियाे, हामीले त्यतिबेला जसको विरोध गरेका थियौ अहिले उनिहरुलाइ नै अंगालो हालेर अवसरवादीहरूले सत्ता चलाइ रहेको उल्लेख गर्नुभयो ।
उतिबेला हामीले जसको विरोध गरेका थियौ, अहिले त्यसैको सर्मथन गरेर त्यही राज्य सत्ता अंगाले र बसेको उहाँले बताउनु भयो। जनयुद्धको वास्तविक उत्तराअधिकारी कोहो भन्ने हो भने हामी हौं अव अवसरवादीहरुलाइ जनयुद्धको उत्तराअधिकारी भन्ने अधिकार नभएको वैद्यले उल्लेख गर्नुभयो।
जनयुद्धको बेला जुन व्यक्ति र व्यवस्थाको विरोध गरिएको थियो अहिले प्रचण्ड–बाबुरामहरुले तिनै व्यक्ति र व्यवस्थालाई अँगालो हाल्न पुगेको महासचिव करिणले भन्नुभयो, “केपी ओली र प्रचण्डहरु कम्युनिस्ट होइनन् ।
उनीहरु त कम्युनिस्ट सिद्धान्त र आदर्शलाई छाडेर कांग्रेसको भाग खोस्न गएका नव प्रतिक्रियावादीहरु हुन् । जनयुद्धको असली उत्तराधिकारीहरु हामी हौं । प्रचण्डहरुलाई जनयुद्ध भन्ने अधिकार छैन ।
अलिले देशभर कम्युनिस्ट मय जस्तै छ,सरकारमा पनि कम्युनिस्ट र प्रर्तिपक्षमा पनि कम्युनिस्ट उनिहरु खासै कम्युनिस्ट नभइ संसदवादी सक्ति हो।
उनिहरु अहिलेको राज्य र व्यवस्थाको संरक्षण भएको उहाँले उल्लेख गर्नुभयो। प्रचण्डले त माओवादी हटाउनु भएको थियो अदालतले फेरि बाध्य बनाएर नाम राख्न लगाएकाे महासचिव वैद्यले भन्नु भयो।
उहाँले अहिले मुलुकमा संसदीय व्यवस्थाका तीनवटै अंग असफल भएको, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अझ भयावह र विकराल बनेको र जनतामा तीव्र रुपमा असन्तुष्टी र आक्रोश बढेर गएको अहिलेको अवस्थामा नयाँँ जनवादी क्रान्तिको टड्कारो आवश्यकता रहेको र क्रान्तिका लागि छरिएर रहेका सबै क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
उहाँले दशवर्षे जनयुद्धमा जनताले गरेको अपूर्व सहयोग, विकसित भएको राजनीतिक चेतना, प्राविधिक अनुभव र त्याग, वीरता र बलिदानको उदात्त आदर्शमा टेकेर जनयुद्धको अपूरा लक्ष्य पूरा गर्न सम्भव रहेको विश्वास व्यक्त गर्दै क्रान्तिकारी र अवसरवादीहरुको एउटै पार्टी हुन नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘क्रान्तिका लागि क्रान्तिकारी र अवसरवादीहरुको कित्ता छुट्टिन जरुरी छ ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जनयुद्धको महत्व, वर्तमान स्थिति र क्रान्तिको आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
उहाँले वर्तमान संसदीय व्यवस्थाका तीन ओटै अंग असफल हुनु, आर्थिक सूचकांकहरु सबै ऋणात्मक हुनु, र, सबैतिर अस्तव्यस्थ हुुनुले मुलुक नै असफल हुने दिशातिर उन्मुख रहेको चर्चा गर्दै साम्राज्यवादी हस्तक्षेपबाट मुक्त पारी स्वाधीन र आत्मनिर्भर राष्ट्र बनाउने अभिभारा क्रान्तिकारीहरुको काँधमा आएको बताउनु भयो ।
कुनै बेला दुई तिहाईको दम्भ देखाउने कम्युनिस्ट आवरणका संसदवादीहरुको अहिले हरिबिजोग स्थितिका बारेमा चर्चा गर्दै प्रतिक्रियावादी, अवसरवादी, संशोधनवादी तथा संशोधनवादीहरुको पतन अवश्यम्भावी रहेको कुरा बताउनु भयो ।
त्यस्तै अब विभिन्न ठाउँमा छरिएर बसेका क्रान्तिकारीहरुलाइ र क्रान्तिकारी पार्टीहरुलाइ एकता बद्ध गर्दै सक्ति सन्चय गरेर यो व्यवस्थालाइ धरासही गर्ने र नेपालमा जनगणतन्त्र स्थापनता गरेर जनयुद्धका शहीत,वेपत्ता र घाइतेहरुले देखेका सपना साकार गर्ने बरिष्ठ नेता गजुरेलले बताउनु भयो।
त्यस्तै कार्यक्रमको अध्ंयक्षता पार्टीका स्थाइ समिति सदस्य रामसिंह श्रीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन पार्टीका ३ नम्बर प्रदेश इन्चार्ज दिनेश शर्मा सागरले गर्नु भएको थियो।