क्रान्तिकारी माओवादी सम्वद्ध अखिल(क्रान्तिकारी)ले २७ औं जनयुद्ध दिवस दीप प्रज्जवलन गरेर मनायो
काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)सम्वद्ध अखिल (क्रान्तिकारी)ले २७ औं जनयुद्ध दिवसमा दीप प्रज्जवलन गरेर मनाएको थियो भने एमसीसी सम्झौता खारेजीकाे माग गरेको थियो।
उक्त कार्यक्रम बागबजारको पदमकन्या क्याम्पसकाे गेड अगाडी नाराजुलुससहित सुरू गरिएको थियो भने कार्यक्रमलाइ अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सम्बोधन गरेका थिए।
उहाँले आज जनयुद्ध दिवस विद्यार्थीहरूको लागी पनि विशेष दिन रहेको र विद्यार्थीहरूको एकमात्र संगठन अखिल (क्रान्तिकारी) भएको र अरू सबै नक्ली अखिल क्रान्तिकारी भएको उहाँले बताउनु भयो।
त्यस्तै क्रान्तिका नायक भनीएका प्रचण्ड,बाबुरामलगायतका नेताहरू खलनायक भएको र अब क्रान्तिकारी पार्टी भनेको नेकपा (क्रान्तिकारी माओवादी) मात्र भएको उहाँले बताउनु भयो।
कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले जनयुद्धका नाममा जनतालाई झुकाउने काम गरेको भन्दै अझै जनयुद्ध पुरा नभएको बताउनु भयो।
साथै वर्तमान नेताहरुले जनतालाई धोका दिदै एमसीसी पास गर्न लागेको बताउदै कुनै हालतमा एमसीसी पास गर्न नदिने आफुहरुले जस्तो सुकै कदम चाल्न तयार रहेको बताउनु भयाे।
त्यस्तै शिक्षा र स्वास्थ्यमा पूर्ण रुपमा नि:शुल्क सर्वसुलभ गर्नु पर्ने भन्दै यसका लागि आफुहरुले निरन्तर संघर्ष गरिरहेको र गरिरहने अध्यक्ष गजुरेलले बताउनु भयो।
त्यस्तै अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्यौपानेले सर्वाहारा जनताहरूले अझै पनि न्याय नपाएकोले अर्को जनयुद्धको आवश्यकता खड्कीएको बताउनु भयो ।
त्यस्तै कार्यक्रमको संञ्चालन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य नेत्र वहादुर शाहीले गरेका थिए ।
सो कार्यक्रमको अन्तिममा राष्ट्रघाती एमसीसी सम्झौतामा खारेजीको माग गर्दै एमसीसी सम्झौता जलाएर विरोध गरिएको थियो।
राष्ट्रघाती एमसीसी सम्झौतामा जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरे पनि विद्यार्थीहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर,जनयुद्ध दिवस जिन्दावाद,अखिल क्रान्तिकारी जिन्दावाद भन्दै नाराजुलुससहित कार्यक्रम भव्यरूपमा सम्पन्न गरिएको थियो।