एमसीसीको विरोधमा फागुन ४ गते क्रान्तिकारी माओवादीसहित ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले देशव्यापीरूपमा संयुक्त विरोध प्रदर्शन गर्दै

                                                                          फाइल तस्वीर-

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)सहितका ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले संयुक्त रूपमा राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै देशव्यापी बिरोध प्रदर्शन गर्ने भएका छन् ।

 

 

 

नेकपा(क्रान्तिकारी माओवादी) ,नेपाल कम्युनिष्ट पार्टी विप्लव , नेपाल कम्युनिष्ट पार्टी(मसाल),राष्ट्रिय जनमोर्चा नेपाल ,नेपाल कम्युनिष्ट पार्टी,देजमो नेपाल ,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी लगायतका दलहरूले देशव्यापीरूपमा फाल्गुन ४ गते विरोध प्रदर्शन गर्ने भएका हुन।

 

 

 

अमेरिकाको दादागिरी,धम्कि र नाङ्गो हस्तक्षेपको घोर निन्दा एवम् भत्सना गर्दै ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले प्रेस विज्ञाप्ति जारी गरेर  देशभक्त,राष्ट्रवादी सबैमा सहभागीताकाे लागि विशेष आग्रह गरिएकाे छ।