माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

 

 

माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए।

 

 

 

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो।

 

 

 

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो।