पुरानो भिडियो तोडमोड गरेर बदनाम गर्न खोजियो :मन्त्री आलेको सचिवालय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सचिवालयले मन्त्री आलेलाई तथ्यहीन आरोप लगाएर बदनाम गर्न खोजिएको बताएको छ ।

 

 

मन्त्रीका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विज्ञप्ति निकालेर मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै आपत्ति जनाएका छन् ।

 

 

 

 

नेपालबाहिर बस्दै आएका एक व्यक्तिले पुरानो र अप्रासंगिक भिडियो तोडमोड गरेर सार्वजनिक गरेको सचिवालयको विज्ञप्ति मार्फत जनाएकाे छ । पछिल्लो समय मन्त्री आलेविरुद्ध निरन्तर गालीगलौजसहितका स्टाटस लेख्ने, पैसा माग्नेजस्ता काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको सचिवालयले विज्ञप्तिमा भनेको छ ।