युरेनियम भनिएको पदार्थसहित ८ जना पक्राउ
काठमाडौं। काठमाडाैंको बौद्धबाट युरेनियम भनिएको पदार्थसहित ८ जना ब्यक्तिहरु पक्राउ परेका छन्। केही ब्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्दैछन् भन्ने सादा पोशाकमा परिचालित प्रहरीको बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडाैं महानगरपालिकाकाे वडा नं.६ बौद्ध स्थित ह्यायत रिजेन्सी होटल काठमाडाैंकाे कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नं. को कारभित्रबाट २ के. जि. ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई निजहरुले भारतबाट ल्याई प्रति के. जि. रू. ३५,००,००,०००।– (पैँतीस करोड) मा बिक्री गर्न लागेको र उक्त कार्यमा निम्न ब्यक्तिहरुहरुको समेत मिलेमतो एबं संलग्नता रहेको भन्ने खुल्न आएकाले निजहरुलाई समेत सोही स्थानबाट नियन्त्रणमा लिइएको छ।क) पक्राउ ब्यक्तिहरु :-
१. जि. सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका वडा नं.१ घर भई हाल काठमाडाैं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.१० कपन बस्ने बर्ष ३४ को भुपेन्द्र खड्का ।
२. जि. सिन्धुपाल्चोक, हेलम्बु गाउँ पालिका वडा नं.४ घर भई हाल काठमाडाैं जिल्ला काठमाडाैं महानगरपालिका वडा नं.६ महाँकाल बस्ने बर्ष ४० को रामकृष्ण लामिछाने ।
३. जि. ललितपुर, ललितपुर महानगरपालिका वडा नं.१४ घर भई ऐ. बस्ने बर्ष ६० को नवराज महत ।
४. जि. सिराहा लक्ष्मीपुर पतारी गाउँ पालिका वडा नं.३ घर भई हाल काठमाडाैं जिल्ला ठमेल बस्ने बर्ष ४० को गोपिलाल दास ।
५. जि. सिराहा वरियापारपट्टी गाउँ पालिका वडा नं.१ घर भई हाल काठमाडाैं जिल्ला ठमेल बस्ने बर्ष ५५ को जिवछ नारायण यादव ।
६. जि. महोत्तरी घर भई हाल काठमाडाैं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.७ शिवचोक बस्ने बर्ष ३८ को सुरेन्द्र प्रसाद चौधरी ।
७. भारत देश बिहार प्रदेश गया जिल्ला चनादहोता घर भएकका बर्ष ६३ को उपेन्द्र कुमार मिश्र ।
८. भारद देश महोत्तरी जिल्ला एकाडारा ६ बगैया कलुवा घर भएका बर्ष ४४ को राजु ठाकुर ।
ख) बरामद दशी :-
१. बा ५ च ८२०९ नं. को प्राइभेट कार ।
२. २ के.जि. ८०० ग्राम तौल भएको युरेनियम भनिएको पदार्थसहितको झोला थान-१ ।
३. बा.२६ प. १६२८ नं. को होण्डा कम्पनीको मोटर साइकल थान-१ ।
४. भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ बीर गोर्खाज सेक्युरिटीको परिचय-पत्र थान-१ ।
५. बिभिन्न कम्पनिको मोबाइल सेटहरु थान- ९ ।
घटनाको सम्बन्धमा निजहरु उपर सम्मानीत काठमाडाैं जिल्ला अदालत काठमाडाैंबाट ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन,
२०७७ अर्न्तगत मुद्धामा ७ (सात) दिनको म्यादथप अनुमति लिई प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।