चितवनमा राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै नेपाल बन्दक‍ो पूर्वसन्ध्यामा मसाल जुलुस शानदार रुपमा सम्पन्न

 चितवन। राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै नेपाल बन्दक‍ो पूर्व सन्ध्यामा चितवनमा मसाल जुलुस गरिएक‍ो छ।

 

राष्ट्रघाती एमसीसी परियोजना खारेजीको लागि ६ पार्टी  र २ वटा मोर्चाको संयुक्त आयोजनामा भोलि फागुन ४ गते हुन गएको नेपाल बन्द कार्यक्रमक‍ो पूर्व सन्ध्यामा चितवनको लायन्स च‍ोकबाट पुल्चोकसम्म मसाल जुलुसको आयोजना गरिएक‍ो छ।

 

 

उक्त कार्यक्रममा पार्टीका सयौं नेता कार्यकताहरूको उपस्थिति रहेकाे थयाे भने नाराजुलुससहित पुल्चोकमा पुगेर कोणसभा गरिएकाे थियाे।

 

 

साे कार्यक्रमलाइ एमसीसी खारेजी अभियान चितवनका सचिव परशुराम पौडेल अजिवले सञ्चालन गर्नुभएको थियो भने सबै पार्टीको तर्फबाट नेकपाका भरतपुर महानगर अध्यक्ष दुर्गा सुबेदीले मन्तव्य राख्दै भोलिको नेपाल बन्द सफल पार्न सम्पुर्ण चितवनवासी बुद्धिजीवी,उद्योगी , व्यवसायी , शैक्षिक संस्था , कलकारखाना , यातायात व्यवसायी , किसान, मजदुर , पत्रकार सबै सबैमा आग्रह गर्नुभएकाे थियाे।

 

 

 त्यस्तै गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी परियोजना कुनै पनि हालतमा सदनबाट पास गर्न नदिन देशभक्तहरु भोलि एकदिन सडकमा आएर मादल, थाल ,कचौरा,चम्चासहित विरोध प्रदशनमा सहभागी हुन आग्रह गर्नुभयाे।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकास, नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज सन्देश पौडेल , एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिका फणीन्द्र आचार्य , त्रिमुल नेपाल पार्टीका केन्द्रीय परिषद सदस्य नवीन गैरे लगायत नेताहरूको बाक्लो उपस्थिति थियो।

 

 

कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजे पनि मसाल जुलुससहित आमसभा शानदार रुपमा सफल भएको नेकपा चितवनका नेता ध्रुव खड्काले बताउनुभयो।