काठमाडौं उपत्यकामा बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधनलाइ कारबाही,केन्द्रीय सदस्य श्रेष्ठसहित २३ जना बन्दकर्ता पक्राउ

काठमाडौं ।राष्ट्रघाती एमसीसी खारेजीका लागि ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले आव्हान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा विहानैदेखि परेको छ ।  उपत्यकामा वन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले कोटेश्वर र चावहिलमा सवारीसाधनमाथि कारबाही गरेका छन् ।

 

 

काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको छ।

 

 

विहानैदेखि बन्दका लागि आग्रह गर्दै सडकमा निस्किएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम पवनमान श्रेष्ठसहित तीनजना पक्राउ परेको नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्माले जानकारी दिनुभएको छ ।

 

 

 

 

उहाँका अनुसार लगनखेलबाट पवनमान श्रेष्ठ, मजदुर नेता अर्जुनलाल श्रेष्ठ, कोटेश्वरबाट क्रान्तिकारी माओवादीकै मंगल तामाङ र कौशलटारबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सौरभलाई पक्राउ गरेको छ ।

 

 

 

बन्दको काठमाडौं उपत्यकामा विहानैदेखि प्रभाव परेको छ । राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खारेजीका लागि संघर्षरत ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले नेपाल बन्दको आव्हान गरेका हुन् ।

 

 

 

 

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी)ले मंगलबार संयुक्त वक्तव्य जारी गरी नेपाल बन्दको घोषणा गरेका थिए ।