एमसीसी विरुद्धको संघर्षमा रहेका अध्यक्ष गजुरेलसहित क्रान्तिकारी माओवादीका ४५ जना नेता गिरफ्तार (नामसहित)
काठमाडौं।राष्ट्रघाति एमसीसी सम्झौता विरुद्धको संघर्षमा रहेका क्रान्तिकारी माओवादीका नेता कार्यक्रताहरू गिरफ्तार भएका छन्।
त्यस्तै गिरफ्तारि पर्नेमा क्रान्तिकारी माओवादीका पिबिएमद्वय सागर, सुरेश,केन्दीय सदस्यहरू हरिकृष्ण गजुरेल,शारदा महत, कगेन्द्र छन्त्याल, बसन्त बाेगटी, प्रकाशउर्जा, फुर्नाम्गेल माेक्तान, काठमाडौ जिल्ला सेक्रेटरी अमर, विद्यार्थी नेतृ शिलु न्याैपाने, मजदुर नेता दिनेश , ढोगप्रसाद, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य सुनिता बुढाथाेकी, धर्मराज, विद्यार्थी नेता कुमार, अनुश, जगदिश्वर, नरबहादुर कुमाल, ज्ञानेन्द्र, अनुश, रिबेल, बोल्सेभिक, अतित लिम्बु, बहन, प्रेम, सुनिल, राज बस्नेत, राजिव, राजकुमारलगायत दजनौ नेता कार्यकता हुन्हुन्छ ।
त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका विद्यार्थी नेता फुलमति, युवा नेता गगन परिवार सहित अन्य पनि गिरफ्तार हुनुभएकोछ ।
एमसीसीको बिरोधमा सडकमा आएका क्रान्तिकारी माओवदीका ४५ जना बिजुली बजारबाट गिरफ्तार गरेर महेन्द्र पुलिस क्लबमा राखिएको क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेरले जानकारी दिनुभयो ।
बन्दकर्ता आनदोलनकारीहरुले एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, दलालहरु होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु चर्को स्वरमा लगाइएको थियाे।