एमसीसी विरुद्धको आन्दोलनमा अन्तराष्ट्रिय पत्रकार केन्द्रको एक्यवद्धता जाहेर (प्रेस वक्तव्यसहित)
काठमाडौं ।अमेरिकी साम्राज्यवादको दबाबमा नेपालको सत्तारूढ दल नेपाली काँग्रेसको शेरबहादुर देउवा सरकारले राष्ट्रघााति एमसीसी संझौता सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र आम देशभक्त जनताको खारेजीको आवाजलाई लत्याउँदै आज नेपालका संसदमा टेबुल गर्ने र जबर्जस्त पारित गर्न लागेको समाचारले हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण भएको छ ।
उक्त राष्ट्रघाति एमसीसी संझौताको खारेजीको माग राखेर नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र उनका मोर्चा संगठनहरु आज गरेको नेपाल बन्दप्रति हाम्रो संगठनले ऐक्यबद्धता जाहेर गर्दछ र सम्पूर्ण क्रान्तिकारी लेखक तथा पत्रकार मित्रहरूलाई नेपालमाथि अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप र नेपालका साम्राज्यवादका लम्परवादी र उसका पिछलग्गुहरुका विरुद्ध भण्डाफोर र विरोध गर्न तथा लेख तथा समाचार प्रचारप्रसार गर्न हार्दिक अपिल गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : १६ फेब्रुअरी २०२१
( ४ फागुन २०७८ )
( हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल