मुगु जिल्लाका एमाले सांसद मोहन बानियाँविरुद्ध जवरजस्ती करणीको आरोपमा प्रहरीले गर्यो पक्राउ पुर्जी जारी

काठमाडौं। नेकपा एमालेका मुगु जिल्लाबाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा प्रहरीले प्रकाउ पूर्जी जारी गरेको छ।

 

 

बलात्कारको आरोपमा जाहेरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।

 

 

एकसाता अघि जुम्लाकी शिक्षिका समेत रहेकी महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको आरोपमा किटानी जाहेरी दिएकी थिइन् ।

 

 

 

 त्यस्कै आधारमा पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले बताएका छन् ।

 

 

 

सांसद बानियाँले नेपालगञ्जको अप्सरा होटेलमा जवरजस्ती गरेर आफूलाई दुई पटक बलात्कार गरेको बताएकी थिइन ।

 

 

 

 

बत्कार आरोपी बानियाँ केपी ओली नेतृत्वको अघिल्लो सरकारमा छोटो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी १३ दिने मन्त्री नियुक्त भएका थिए।

 

 

 

 

निर्वाचन आचारसंहिता लागू भएको भन्दै सर्वोच्चले मन्त्रिपरिषद् विस्तारको निर्णय उल्टाएपछि १३ दिनमै  उनी पदमुक्त भएका थिए ।

 

 

 

आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि अशुरक्षित महशुस गरेको पिडीत महिलाले बताउने गरेकी थिन ।

 

 

 

जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाईले भेटेरै भोलि बिहान १० बजे तपाईको लिएको २५ लाख रुपैयाँ दिन्छौं । जाहेरी फिर्ता लिनुस् भनेको उनको भनाइ थियाे।