कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ मा हुने

काठमाडौं। नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशनको कार्यतालिका संशोधन गरेको छ।

 

 

यसअघि फागुन १३ गतेका लागि निर्धारित १६ जिल्लाको अधिवेशन दुई दिन पछि सरेको हो।

 

 

 

अब सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन फागुन १५ गते हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

 

 

 

पार्टीको कार्यसम्पादन समितिको बैठक तथा नेतृत्वको अनुरोधअनुसार अधिवेशन दुई दिन सरेको निर्वाचन समितिले जनाएको छ।