गठबन्धनमा कुरा नमिलेपछि एमसीसी संसदमा आज पनि टेबल नहुने, किन पुगे ३ मन्त्री बालुवाटारमा

                                                         फाइल तस्वीर-

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि एमसीसी संसद बैठकमा आज पनि टेबल नहुने भएको छ ।

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।

 

 

 

आजको बैठकमा पनि देउवाले तत्काल एमसीसी संसदमा पेस गर्ने प्रस्ताव गरेका थिए ।

 

 

 

नेपालले भने पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेका थिए । बैठक एक घण्टामै सकिएको छ ।

 

 

 

गठबन्धनको बैठकलगत्तै तीन मन्त्रीहरू बालुवाटार पुगेका छन् । गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रधानमन्त्रीसँग परामर्शका लागि बालुवाटार पुगेका हुन् ।